अलमलमा इन्भेष्टर्स आइडी योजना, विकल्पमा डिम्याट एकाउण्ट

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानी कर्ताका लागि ल्याउने भनेको इन्भेष्र्ट आइडी अलमलमा परेको छ । बोर्डले नेप्से र सिडिएसको अगुवाईमा इन्भेष्र्टस आइडी कार्यान्वयनमा ल्याउने योजना बनाएको थियो । तर यतिबेला बोर्ड आफैं इन्भेष्टर्स आइडीको विकल्पमा डिम्याट एकाउण्टलाई अघि सार्ने मनस्थितिमा पुगेको हो । बोर्डले इन्भेष्टर्स आइडीको विकल्पमा प्यान नम्बरलाई अघि सार्ने योजना [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानी कर्ताका लागि ल्याउने भनेको इन्भेष्र्ट आइडी अलमलमा परेको छ । बोर्डले नेप्से र सिडिएसको अगुवाईमा इन्भेष्र्टस आइडी कार्यान्वयनमा ल्याउने योजना बनाएको थियो । तर यतिबेला बोर्ड आफैं इन्भेष्टर्स आइडीको विकल्पमा डिम्याट एकाउण्टलाई अघि सार्ने मनस्थितिमा पुगेको हो ।

बोर्डले इन्भेष्टर्स आइडीको विकल्पमा प्यान नम्बरलाई अघि सार्ने योजना बनाएको थियो । त्यस्तो योजना बजेटबाट अघि सार्ने तयारी थियो तर आगामी आर्थिक बर्षको बजेटले त्यसलाई सम्बोधन नगरेपछि बोर्डले डिम्याट एकाउण्टलाई अघि सार्ने गृहकार्य गरेको हो । ‘इन्भेष्टर्स आइडी ल्याउन झण्झट हुने भएपछि प्यानलाई विकल्पका रुपमा अघि सारेका थियौं तर अब डिम्याट एकाउण्टलाई म्यापिङ गरेर अघि बढ्ने योजना बनेको छ’, नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने ।

उनले नेपालको सिडिएस र बंगलादेशको सिडिएसको सिस्टम उस्तै भएको र बंगलादेशमा डिम्याट एकाउण्टलाई नै इन्भेष्टर्स आइडीको विकल्पका रुपमा उपयोग गरिएको पनि जानकारी दिए । डिम्याट एकाउण्टको १६ अंकमध्ये पछाडीको ८ अंक व्यक्तिको र अगाडीको ८ वटा अंक भने डिपीको हुने उनले बताए । त्यसकै आधारमा डिम्याट एकाउण्ट म्यापिङ हुने उनले जानकारी दिए ।

उता, सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले भने डिम्याट एकाउण्ट इन्भेष्टर्स आइडीको विकल्पका रुपमा अघि सारेर म्यापिङको काम अघि बढाएको जानकारी दिए ।‘८ लाख डिम्याट एकाउण्ट छन, तिनीहरुको म्यापिङको काम गरिरहेका छौं’, सिडिएसका सिइओ गुप्ताले भने ।

Share News