बुम रेमिट्यान्सको एजेन्टमा कृषि विकास बैंक नियूक्त

<p>काठमाडौं । बुम रेमिट्यान्सले कृषि विकास बैंक लिमिटेडलाई आफ्नो एजेन्टमा नियूक्त गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् । यस सम्झौता मार्फत बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम कृषि [&hellip;]</p>

काठमाडौं । बुम रेमिट्यान्सले कृषि विकास बैंक लिमिटेडलाई आफ्नो एजेन्टमा नियूक्त गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् ।

यस सम्झौता मार्फत बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम कृषि विकास बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्न पाउने भएका छन् । साथै कृषि विकास बैंकका शाखाहरुले बुम रेमिट्यान्ससँग आवद्ध अन्य रेमिट्यान्सको पनि भुक्तानी गर्न सक्नेछ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब-ऐजेन्टहरु छन् । हाल बैंकको ७५ जिल्लामा २२४ वटा शाखाहरु रहेका छन् ।

Share News