आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा अख्तियारको नियन्त्रणमा

<p>काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा शुक्रबार दिउँसो साढे १२ बजे पक्राउ परेका छन् । राजस्व हिनामिना गरेको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा अख्तियार उच्च स्रोतले जानकारी दिएको छ । कर फछ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति दिएको कर निधारण गर्दा भष्टाचार गरको तथा एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादित [&hellip;]</p>

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा शुक्रबार दिउँसो साढे १२ बजे पक्राउ परेका छन् । राजस्व हिनामिना गरेको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा अख्तियार उच्च स्रोतले जानकारी दिएको छ ।

कर फछ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति दिएको कर निधारण गर्दा भष्टाचार गरको तथा एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादित मुद्दामा मुछिएका शर्मालाई अख्तियारले नियन्त्रणमा लिएको हो । अहिले उनी अख्तियारकै हिरासतमा रहेका छन् । लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागबाट उक्त आरोपमा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

अर्थमन्त्री रामशरण महतको पालामा आन्तरिक राजश्व विभाव प्रभुख भएको शर्मा अर्थमन्त्रीहरुलाई समेत प्रभावमा परेर सो कार्यलयमा लामो समय रहेका थिए । अर्थमन्त्री विष्णु पौडेल र कृष्णबहादुर महरा समेत शर्माको प्रभावमा परेको थिए ।

अर्थमन्त्रीहरु महत, पौडेल र महराले अर्थमन्त्रालयको अरु कर्मचारीलाई पटक पटक सरुवा गरे पनि महानिर्देशक शर्मालाई सोही कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको थियो । शर्मालाई नजिकबाट जिन्ने जो कोही पनि उनको शैली र आचरणबाट वाक्कदिक्क भएको गुनासो गर्दै आएका छन् ।

Share News