काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ ।
आयोगको शनिबार बसेको बैठकले पुनः मतदान गर्ने निर्णय गरेको हो ।
आयोगका प्रवक्ताले विज्ञप्ति प्रकाशित गर्दै निर्वाचन गर्ने निर्णय गरेको उल्लेख गरेका हुन् । मतगणनाका क्रममा माओवादी प्रतिनीधीले ९० मत च्यातेपछि गणना अवरुद्ध भएको थियो ।
