प्रधानमन्त्री पदका लागि देउवाको मात्र उम्मेदवारी, स्पष्ट बहुमत तर संसद्मा अवराेध हुने

<p>नयाँ प्रधानमन्त्री चयनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ। अाज दिउसो ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिइएको थियो। देउवाको प्रस्तावक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन्। कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी र [&hellip;]</p>

नयाँ प्रधानमन्त्री चयनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ। अाज दिउसो ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिइएको थियो।

देउवाको प्रस्तावक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन्। कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी र अखण्ड नेपाल पार्टीका कुमार खड्का देउवाका समर्थक बनेका छन्।

संसद सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार एकजनाको मात्र उम्मेदवारी परेको भएपनि आइतबार मतदान प्रक्रियामा लगिनेछ। प्रधानमन्त्री चयन गर्ने निर्वाचनको मतदान आइतबार बिहान ११ बजे शुरु हुने बताइएको छ। तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवराेध गर्ने जनाएकाे छ ।

प्रधानमन्त्री चयन हुन हस्ताक्षर सहितको बहुमत आवश्यक पर्नेछ । हाल संसदमा ५९३ सदस्य छन्। प्रधानमन्त्री चयन हुन देउवालाई २९७ मत आवश्यक पर्नेछ।

कांग्रेसका २०६, माओवादी केन्द्रका ८१ र गच्छदारको पार्टीसँग १६ जम्मा हुने वित्तिकै उनको बहुमत पुग्ने स्थिति रहेकाले उनी प्रधानमन्त्री बन्न स्पष्ट बहुमत पुग्ने देखिन्छ। तर एमालेले संसद्मा अवराेध जारी राखेमा निर्वाचन प्रक्रिय अगाडि बढाउन समस्या हुने देखिएकाे छ ।

Share News