काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ३२ औं शाखा कार्यालय वदिर्याको बाँसगढीमा सञ्चालनमा ल्याएको छ । बैंकले देशको पश्चिमी भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ उक्त स्थानमा सो शाखा कार्यालयको सञ्चालन गरेको हो । साथै, बैंकले काठमाण्डौको मुलपानीमा रहेको ग्रिनहल सिटी हाउजिङ्गमा शनिबारदेखि ए.टि.एम. सेवा शुरु गरेको छ ।
सेञ्चुरी बैंकले जेठ २८ गतेबाट भैरहवामा केन्द्रिय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र बनेपामा केन्द्रिय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्विजिसन) गरी एकीकृत कारोबार गर्दैछ । त्यस पश्चात बैंकको ५३ वटा शाखाहरु हुनेछन् ।