काठमाडौं । महिन्द्रा टु व्हीलर्स् लि को आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्री वितरण गर्दै आइरहेको अग्निमोटो इन्क प्रा. लि. ले सोमबार टेकु स्थित पचली भैरब मार्गमा महिन्द्राको नयाँ सर्भिस सेन्टरको उद्घाटन गरेको छ ।
सोमबार आयोजना भएको समारोहमा कम्पनीका तर्फबाट निर्देशक अर्जुन शर्माले रिबन काटी उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका थिए । महिन्द्राका उत्कृष्ट सेवा लिई ग्राहकहरुको धेरै भन्दा धेरै नजिक पुग्ने कम्पनीको लक्ष्य अनुरुप यस नयाँ सर्भिस सेन्टरको सुरुवात गरेको बैंकले जनाएको छ ।
टेकु, सानेपा लगायत उक्त क्षेत्रमा महिन्द्राको पहुँच झनै विस्तारित गर्न पाएको र आफ्ना ग्राहकहरुलाई थप सुलभ तथा सहज सेवा पुर्याउन पाएकोमा कम्पनी निकै उत्साहित भएको छ । यस मार्फत ग्राहकहरुलाई महिन्द्रासँग जुड्ने थप उत्साह प्रदान हुने कम्पनीको विश्वास रहेको छ ।