काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महिना पहिले माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न गरे एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन् ।
जलदविद्युत क्षेत्रमा माथिल्लो तामाकोसी जलविद्युत आयोजना महत्वपूर्ण परियोजना भएकाले सरकारले विशेष ध्यान दिएको स्पष्ट पारे ।
मन्त्री शर्माले भने मेरो एबम सरकारको तर्फबाट गर्नुपर्ने सबै प्रकारको सहयोग उपलव्ध गराउँछु ।
सहजीकरण गर्छु तर आयोजना तोकिएकै समयभन्दा तीन महिना पहिले सम्पन्न हुनुपर्छ ।
आयोजनालाई रु एक अर्बको व्यवस्था गरिन्छ, मन्त्री शर्माले भने। नागरिक दैनिकबाट ।