काठमाडौं । उत्तरी इटालीको दुर्गम क्षेत्रमा ५ हजार ३ सय बर्ष पहिले हत्या गरिएका एक व्यक्तिको प्रहरीले अनुसन्धान सुरु गरेको छ । इटालीको ओएट्ज्टैलर आल्प्स क्षेत्रमा ५३ सय बर्ष पहिले ओएट्जी नाम गरेको हिम मानवको हत्या भएको थियो । हिम मानवको ढाडमा कसैले तिर प्रहार गरेको थियो र सोही तिरका कारण उनको मृत्यु भएको थियो । ओएट्जी नामको हिम मानवको मृत शरिर हिउँमा डुबेर बसेको फेला परेको थियो । यो हिम मानवलाई संसारकै पुरानो र सबै भन्दा सुरक्षित तवरले फेला परेको मानव शरिरका रुपमा लिने गरिएको छ ।
सन १९९१ मा ओएट्जीको खोजी गरिएको थियो र त्यउको १० बर्षपछि ढाडमा रोपिएको तिर फेला परेको थियो । यतिबेला पुलिसका बरिष्ठ अनुसन्धान अधिकृतहरुले ओएट्जीलाई कसरी मारिएको थियो भनेर सुक्ष्म अनुसन्धान गरिरहेका छन् । के ओएट्जीको हत्या भएको थियो ? अथवा त्यो को हुन सक्छ जसले उनको हत्या गर्यो ? प्रहरीले अनुसन्धान गरिरहेको छ । इटालीको दक्षिण टायरोल म्युजियममा ओएट्जीको शरिर राखिएको छ ।
म्युजिमयमका निर्देशक एंगेलिका फ्लेकिंगरले ओएट्जीको मृत्युको रहस्य पत्ता लगाउन अनुभवी अनुसन्धान अधिकृतलाई बोलाएका छन् ।
म्युनिख पुलिस डिपार्टमेन्टका डिटेक्टिभ चिफ अफ इन्स्पेक्टर अलेक्जेण्डर हाँर्नले ओएट्जीको हत्याबारे अनुसन्धान गर्नेछन् । ‘मैले अहिलेसम्म अधिकृतम २० देखि ३० बर्ष पुरानो हत्या काण्डबारे मात्रै अध्ययन गरेको छु, तर यसपाली ५३०० बर्ष पुरानो मुद्धा सुल्झाउने जिम्मेवारी प्राप्त भएको छ ।’ इन्स्पेक्टर अलेक्जेण्डर हाँर्नले भने ।
पछिल्लो २५ बर्षसम्म ओएट्जी माथी गरिएका अनुसन्धान र उनको हत्याको घट्नामै पुगेर अध्ययन गरिनेछ । ओएट्जीको शरिरमा रहेका घाउले पनि हत्या काण्डबारे अध्ययन गर्न मदत गर्नेछ । ओएट्जीमाथी आराम गरिरहेको अवस्थामा अचानाक आक्रमण गरिएको आंशका छ । उसलाई करिब १०० फिट दुरीबाट आक्रमण गरिएको हुन सक्ने बताइएको छ । ओएट्जीको दायाँ हातमा पनि ठुलो घाउ देखिएको छ । यो घाउले पनि अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा प्रहरीले गरेको छ ।
अनुसन्धान अधिकृतहरुले ओएट्जीले पहिलो लडाई जितेको तर पराजितहरुले पुनः पछ्याएर हमला गरि हत्या गरेको पुर्वानुमान गरेका छन् ।