काठमाडौं । नेपाल धितोपत्र बोर्डले २५ वर्ष (रजतजयन्ती) को पावनअवसरमा वोर्डको कार्यालय परिसरमा पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरेको छ । बोर्डले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवा, बालकुमारी, ललितपुरको सहयोग तथा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
उक्त रक्तदान कार्यक्रममा बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लि.,धितोपत्र व्यवसायी (धितोपत्रदलाल, मर्चेण्ट बैंकर, निक्षेप सदस्य), लगायतका निकायका पदाधिकारी एंव कर्मचारीहरु समेत गरी १५१ जनाले रक्तदान गरेका छन् ।
बोर्डले रजत जयन्तीकै अवसरमा रक्तदान कार्यक्रमको साथ साथै यही जेठ २४ गते बुधवार विहान ७ः३० बजे काठमाण्डौको भद्रकालीदेखि प्रभातफेरी कार्यक्रम समेत आयोजना हुन गइरहेको छ ।