काठमाडौं । नेपालको जलविद्युतमा ४० खर्बको लगानी आवश्यक रहेको पूर्व सचिव श्रीरन्जन लाकोलले बताएका छन् ।
उनका अनुसार नेपाललाई पुग्ने जलविद्युत उत्पादन गर्न १५ हजार मेगावाट आवश्यक छ । यसका लागि करिब २० खर्ब लगानी आवश्यक पर्छ ।
यो लगानीले उत्पादन मात्रै हुने हो । यसलार्य प्रसारण र वितरण गर्न करिब अर्को २० खर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
त्यसैले नेपालको जलविद्युत्मा ४० खर्ब रुपैयाँको लगानी आवश्यक देखिएको छ । कारोबार दैनिकबाट ।