रु.५०० र १००० का नक्कली नोट बजारमा, यसरी चिन्न सकिन्छ जाली नोट

<p>काठमाडौं । रु. ५०० र रु. १००० दरका नक्कली नेपाली नोटहरु बजारमा भेटिएका छन् । देशका विभिन्न स्थानमा रु ५०० दरका घ/२० ७९९७४६, ३/२० ६७९७४६, घ/६ १४९३१२,  घ/९१ ४२५२६८ लगायत अंक राखिएका नक्कली नोटहरु बजारमा भेटिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, रु १००० दरका घ/८३ ७५४००५, घ/६ १४९३३४, घ/२० ४७६७९६ लगायतका अंक राखिएको [&hellip;]</p>

काठमाडौं । रु. ५०० र रु. १००० दरका नक्कली नेपाली नोटहरु बजारमा भेटिएका छन् । देशका विभिन्न स्थानमा रु ५०० दरका घ/२० ७९९७४६, ३/२० ६७९७४६, घ/६ १४९३१२,  घ/९१ ४२५२६८ लगायत अंक राखिएका नक्कली नोटहरु बजारमा भेटिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, रु १००० दरका घ/८३ ७५४००५, घ/६ १४९३३४, घ/२० ४७६७९६ लगायतका अंक राखिएको नक्कली नोटहरु बजारमा भेटिएका छन् ।
जाली नोटको कारोबार गम्भीर अपराधिक र ठगी कार्य भएको जनाउँदै राष्ट्र बैंकले जाली नोट सम्बन्धी शंकास्पद गतिविधि देखिएमा प्रहरी प्रशासन लगानय सुरक्षा निकायमा जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

बजारमा भेटिएका जाली नोटहरुमा लेखिएका अक्षरहरुलाई सुरक्षण धागोले छोपेको पाईएको, सुरक्षण धागोमा एनआरवी नलेखिएको, सुरक्षण धागो कागजमै बुनिएको नभएर पछिबाट टाँसेको पाइएको, लालीगुराँस फूलको स्पष्ट पानी छाप नभएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सक्कली र नक्कली नोट छुट्टाउने तरिकाबारे जानकारी दिदै भएको छ–सक्कली नोटहरुको कागज गुणस्तर खस्रो र हल्लाउँदा कडकड आवाज आउने हुन्छ । नोटको अग्रभागमा दायाँतर्फ खाली ठाउँमा लालीगुराँस फूलको स्पष्ट पानी छाप हुन्छ । नोटको बीच भागमा सुरक्षण धाँगो र यसमा सानो अक्षरमा अंग्रजीमा एनआरबी लेखिएको हुन्छ । सुरक्षण धागो कागजमा नै बुनिएको हुन्छ, टाँसिएको हुँदैन ।

त्यस्तै, नोटको अग्रभागको बीचतिर अंग्रजीमा एनआरबी अक्षरको आधा र पृृष्ठभागमा सोही एनआरबीको आधा भाग लेखिएको हुन्छ । उल्यालोमा हेर्दा सो दुबैतर्फको अक्षर जोडिएर पुरै एनआरबी अक्षर बनेको देखिन्छ ।

Share News