काठमाडौं । सञ्चालनको तयारीमा रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो लोगोलाई अन्तिम रुप दिएको छ । मगंलबार बसेको संचालक समितिको बैठकले कम्पनीको लोगो पारित गरी सार्वजनिक गर्ने निर्णय गरेको छ ।
२ अर्ब चुक्तापुँजीमा स्थापना हुन लागेको यो कम्पनीमा संस्थापकहरुबाट १ अर्ब ४० करोड चूक्ता गराउने प्रक्रियामा रहेको कम्पनी निकट भविष्यमा संचालनको तैयारीमा रहेको जनाएको छ । यस कम्पनीमा ५५ जना संस्थापक सदस्य रहेका छन् ।