काठमाडौं । भारतको चर्चित विस्कुट तथा वेकरी ब्रान्ड व्रिटानिया अब नेपालमा नै उत्पादन हुने भएको छ ।
यसका लागि ब्रिटानियाले उद्योग विभागबाट स्वीकृति लिएको छ ।
ब्रिटानियाले बारा जिल्लामा उद्योग स्थापना गरी विभिन्न विस्कुट र बेकरी उत्पादन गर्ने गरी विभागमा उद्योग दर्ता गराएको छ । यसका लागि कम्पनीले विभागबाट १ अर्ब ११ कारोड रुपैयाँको स्वीकृत लिएको विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए ।
यसले एक अर्ब लगानी गरेर ३ सय ४५ जनलाई रोजगारी दिने भएको छ । यो कम्पनीले आगामी डेढ वर्षमा नै उत्पादन थाल्नेगरी तयारी पनि गरिरहेको छ ।
भारतीय व्यवासायीक समूह दी बाडिाया ग्रुपको सिस्टर कम्पनी ब्रिटानियया इन्डट्रिज लिमिटेड भारतको पब्लिक कम्पनी हो । यसको ब्रान्ड भारत तथा दक्षिण एसियामै चर्चित छन् । नयाँ पत्रिका दैनिकबाट ।