भरतपुर महानगर वडा नम्बर १९ मा पुनः मतदान गराउने मुद्धा विश्वम्भर र प्रकाशमानको बेञ्चमा

<p>काठमाडौं । भरतपुर महानगरपालिा वडा नम्बर १९ मा पुनः मतदन गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्धाको सुनुवाई न्यायधिश विश्वम्भर प्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको बेञ्चमा परेको छ । नेकपा(एमाले)को तर्फबाट वडा नम्बर १९ मा खुल्ला सदस्य पदका उम्मेदवार गुञ्जमान बि.कले पुनः मतदान गराउने निर्णय खारेज गरि मतगणनाको माग गर्दै जेठ २१ गते सर्वाेच्च अदालतमा [&hellip;]</p>

काठमाडौं । भरतपुर महानगरपालिा वडा नम्बर १९ मा पुनः मतदन गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्धाको सुनुवाई न्यायधिश विश्वम्भर प्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको बेञ्चमा परेको छ ।

नेकपा(एमाले)को तर्फबाट वडा नम्बर १९ मा खुल्ला सदस्य पदका उम्मेदवार गुञ्जमान बि.कले पुनः मतदान गराउने निर्णय खारेज गरि मतगणनाको माग गर्दै जेठ २१ गते सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

सर्वाेच्च अदालतका न्यायधिश चोलेन्द्र समशेर राणाको एकल इजलासले तत्कालका लागि पुनः मतदान गराउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा जेठ २२ गते अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वाेच्चले आजको सुनुवाईमा निर्वाचन आयोगलाई समेत बोलाएको छ ।

Share News