ओप्पोको ब्ल्याक एफ३ नेपाली बजारमा, मूल्य ३२९९० रुपैंयाँ मात्रै

<p>काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोको कालो रङ्मा एफथ्री नयाँ भर्जन नेपाली बजारमा भित्रिएको छ । मध्यम बर्गिय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री ब्ल्याक भर्जनको मूल्य ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ । कम्पनीले केही समय अगाडी ओप्पो एफथ्री प्लसपछि सार्वजनिक गरेको एफथ्री गोल्ड भर्जन, डुअल फ्रण्ट क्यामेरा सहित गु्रफ सेल्फी [&hellip;]</p>

काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोको कालो रङ्मा एफथ्री नयाँ भर्जन नेपाली बजारमा भित्रिएको छ । मध्यम बर्गिय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री ब्ल्याक भर्जनको मूल्य ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ । कम्पनीले केही समय अगाडी ओप्पो एफथ्री प्लसपछि सार्वजनिक गरेको एफथ्री गोल्ड भर्जन, डुअल फ्रण्ट क्यामेरा सहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो स्मार्टफोन हो ।

ओप्पो एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप (सामुहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको क्यामेरा जडान गरिएको छ । कम्पनीका अनुसार एफथ्रीको ब्ल्याक भर्जन नेपाली बजारमा जेठ २७ देखि प्रमुख मोबाइल विक्रि केन्द्रहरु मार्फत सर्वत्र उपलब्ध छन् ।

ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ‘नेपाल प्रवेश गर्दा देखिनै हाम्रा उपभोक्ता, तिनमा पनि विशेषगरी यूवा पुस्ताले फोनमा रङ्को विकल्प माग गर्दै आइरहेका थिए । कालो रङ्ले स्टाइल र आत्मविश्वासको समेत प्रतिनिधित्व गर्छ । नयाँ एफथ्री मार्फत हामी उपभोक्तालाई नयाँ स्टाइल स्टेटमेण्ट स्थापित गर्ने अवसर प्रदान गर्न चाहान्छौँ ।’

डबल सेल्फी क्यामेराका साथै, ओप्पो एफथ्रीमा १३ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा उपलब्ध छ । यसमा पीडीएएफ प्रविधिका साथै १.३ ईञ्च सेन्सरपनि जडान गरिएको छ । एफथ्रीमा ४ जीबी ¥याम र ६४ जीबी रोम सहितको कलर ओएस ३.० (सञ्चालन प्रणाली) र ओक्टा–कोर प्रोशेसर छ । यसले मल्टिटास्किङका साथै, तिब्र गतिको कार्य सम्पादन क्षमताको सुनिश्चितता प्रदान गर्छ ।

फोनमा जडान गरिएको ट्रिपल स्लोट कार्ड ट्रेमा दूईओटा नानो सिम र मोइक्रोएसडी कार्डको एकसाथ प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले लामो समय सम्म फोनको निरन्तर प्रयोग गर्ने सुविधा प्राप्त गरुन् भन्ने सोचका साथ यसमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीले वास्तविक प्रयोगद्वारा फोनमा रहेको ब्याट्रीको परिक्षण गरिँदा फोनले निरन्तर १५ घण्टा काम गरेको जानकारी दिइएको छ ।

Share News