काठमाडौं । इण्डिगो पेन्ट्सले माया सेन्थेटिक इनामेल बजारमा ल्याएको छ । आइतबार राजधानी गरेको एक कार्यक्रममार्फत यसले आफ्नो नयाँ प्रडक्ट सार्वजनिक गरेको हो ।
नयाँ प्रडक्ट मायाको औपचारिक विक्रि बिक्री वितरण सुरु भएको पनि यसले जानकारी दिएको छ । सोलभेन्ट बेस यो इनामेल उच्च गुणस्तर र लिड मुक्त रहेको दाबी कम्पनीले गरेको छ ।
याे कम्पनीले वर्षेनी नयाँ उत्पादन सार्वजनिक गर्न थालेकाे छ । हरेक वर्ष नयाँ नयाँ उत्पादन बजारमा ल्याउने पनि इण्डिगाेले जानकारी दिएकाे छ ।
नेपाल सरकारले तोकेको मापदण्ड अनुसार यो इनामेलमा लिडको को मात्रा ९० पीपीएम भन्दा कम रहेको छ ।
जुन स्वाथ्यका हिसावले निकै राम्रो मानिन्छ । यो इनामेलको क्षमचा ७० देखि ८० वर्गफिट प्रति लिटर रहेको इण्डिगो पेन्ट्सका प्रबन्ध निर्देशक बेदु पाण्डेले जानकारी दिए ।
वि.सं. २०६५ सालमा स्थापना भएको यो कम्पनीले डिस्टेम्पर, इमल्सन, वेदरकोट, प्राइमर,वालपुट्टी लगायतका दुई दर्जन भन्दा बढि सेगमेन्टमा रंगहरुको उत्पादन गर्दै आइरहेको काठमाडौं, नारायणघाट, बुटवल, भैरहवा, पोखरा, दाङ, सल्यानमा वेचिरहेकाे छ ।
नेपालगञ्ज, धनगडी, महेन्द्रनगर, बीरगंज हेटौडा, इटहरी,लहान–गाईघाट, लगायतका मूलुकका प्रमुख शहरहरुमा कम्पनीका उत्पादन विक्रि वितरण भइरहेका छन् । कम्पनीले आफ्ना उत्पादनको बजार विस्तारका लागि विभिन्न योजनाहरु बनाईरहेको पनि कम्पनीको भनाइ छ ।