नबिल बैंक र फिनलिट नेपालबीच सम्झौता, आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्ने

<p>काठमाडौं । नबिल बैंक र फिनलिट नेपाल प्रालिले लमजुङको बेशिसहरमा आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्नको लागि सम्झौता गरेका छन् । नबिल बैंकका नायब महाप्रबन्धक रमेश प्रसाद लोहनी र फिनलिट नेपाल प्रा.लि.का सञ्चालक प्रकाश कोइरालाले जेठ २८ गते बैंकमा आयोजित एक कार्यक्रममा त्यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस अन्तर्गत नबिल बैंकले फिनलिट नेपालसँग सहकार्य गरी [&hellip;]</p>

काठमाडौं । नबिल बैंक र फिनलिट नेपाल प्रालिले लमजुङको बेशिसहरमा आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्नको लागि सम्झौता गरेका छन् । नबिल बैंकका नायब महाप्रबन्धक रमेश प्रसाद लोहनी र फिनलिट नेपाल प्रा.लि.का सञ्चालक प्रकाश कोइरालाले जेठ २८ गते बैंकमा आयोजित एक कार्यक्रममा त्यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस अन्तर्गत नबिल बैंकले फिनलिट नेपालसँग सहकार्य गरी बेशिसहरका दश स्कुलहरुबाट आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्नेछ ।


यस साझेदारीले कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ । फिनलिट नेपाल “स्कुल बैंक” नामक संरचनागत अवधारणा लिई अगाडी आएको छ, जसले आर्थिक साक्षरता सम्बन्धी साथै लक्षित विद्यार्थी तथा युवाहरुको आर्थिक क्षेत्रमा पहुँचको लागि आवश्यक जानकारी प्रदान गर्दछ ।

विद्यालयमा अध्ययनरत विद्यार्थी तथा उनीहरुका वावु-आमालाई नगद-रुपैयाँको ब्यवस्थापन, वचत तथा खर्च, आर्थिक योजना र लगानी सम्बन्धी सिद्धान्तहरुको वारेमा सिकाएर आर्थिक मामिलामा राम्रोसँग बुझाउनको लागि स्कुल बैंक नामक आर्थिक शिक्षा सम्वन्धी ढाँचाको तर्जुमा गरिएको छ । स्कुल बैंकको पाठ्यक्रमको अवधी सात महिनाको रहेको छ ।

नबिल बैंकका नायब महाप्रबन्धक रमेशप्रसाद लोहनीले यस कार्यक्रम विद्यार्थीहरुको लागि अत्यन्त लाभदायी हुने र आगामी दिनहरुमा बैंकले आर्थिक साक्षरता सचेतनाको विस्तारमा अझ वढी क्रियाकलापहरु सञ्चालन गर्ने बताए ।

फिनलिट नेपाल प्रालिका सञ्चालक प्रकाश कोइरालाले यस कार्यक्रमको लागि नबिल बैंकसँग साझेदारी गर्न पाउँदा असाध्यै खुशी लागेको छ भन्दै यो सात महिनाको अवधीमा स्कुल बैंक कार्यक्रमले विद्यार्थीहरुको माझमा पक्कै पनि सकारात्मक सन्देश प्रवाह गर्ने छ र यो कार्यक्रमको समाप्ति पश्चात वित्तीय साक्षरताका सन्दर्भमा विद्यार्थीहरुमा सजिलै देख्न सकिने गरी प्रभाव पार्नेछ बताएका छन् ।

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको एक अंशको रुपमा शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला आदि क्षेत्रमा सहयोग प्रदान गरी विभिन्न सामाजिक कल्याणका काममा निरन्तररुपमा प्रतिवद्धताका साथ लागि परको छ ।

Share News