काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले असार १४ गतेका लागि तोकिएको दोश्रो चरणको स्थानीय तह निर्वाचन सार्न प्रस्ताव गरेका छन् । मंगलबार बसेको शिर्ष राजनीतिक दलहरुको बैठकमा देउवाले निर्वाचन सार्न प्रस्ताव गरेका हुन् ।
देउवाले प्रदेश नम्बर २ र ५ को निर्वाचन सार्न प्रस्ताव गरेका थिए । राष्ट्रिय जनता दलको आन्दोलनका कारण यी दुबै प्रदेशमा निर्वाचन गराउन कठिन हुने दावी गर्दै देउवाले निर्वाचन सार्न प्रस्ताव गरेका थिए ।
तर प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओलीले कुनै पनि हालतमा असार १४ को निर्वाचन सार्न नसकिने स्पष्ट पारेका थिए । बैठकमा काँग्रेस, एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरु सहभागी थिए ।