प्रधानन्यायधिशमा ६ जनाको नाम सिफारिस

<p>काठमाडौं । न्याय परिषद बैठकले प्रधानन्यायधिशका लागि ६ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको न्याय परिषद बैठकले ६ जनाको नाम सिफारिस गरेको हो । प्रधानन्यायधिशका लागि कायम मुकायम प्रधानन्यायधिश गोपाल पराजुली, दिपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर जबरा र जगदिश शर्मा पौडेलको नाम सिफारिस गरेको हो । परिषद बैठकले कायम [&hellip;]</p>

काठमाडौं । न्याय परिषद बैठकले प्रधानन्यायधिशका लागि ६ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको न्याय परिषद बैठकले ६ जनाको नाम सिफारिस गरेको हो ।

प्रधानन्यायधिशका लागि कायम मुकायम प्रधानन्यायधिश गोपाल पराजुली, दिपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर जबरा र जगदिश शर्मा पौडेलको नाम सिफारिस गरेको हो ।

परिषद बैठकले कायम मुकायम प्रधानन्यायधिश पराजुलीको उमेर पनि सच्याएको छ । बैठकले पराजुलीको जन्म मितिलाई २०१० साल बैशाख १६ गते कायम गरेको छ ।

बरिष्ठताका आधारमा प्रधानन्यायधिश बनाउने प्रचलन अनुसार पराजुली प्रधानन्यायधिश बन्ने सम्भावना छ । पराजुलीले आगामी ११ महिनासम्म सर्वाेच्च अदालतको नेतृत्व सम्हाल्नेछन् ।

Share News