काठमाडौं । बुधबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज ( नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । ग्लोबल आईएमई बैंक र माउन्ट मकालु डेभलपमेन्ट बैंकको एकैदिन ९९ लाख ४ हजार ४२८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
दुई कम्पनी मध्ये ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी सेयर सूचिकृत भएको छ । ग्लोबल आईएमईको ९८ लाख ६२ हजार ८२८ कित्ता र माउन्ट मकालुको ४१ हजार ६ सय कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।