एभरेष्ट बैंकको डेढ अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन, ३ कित्ता हुनेले १ कित्ता पाउने

<p>काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पुँजी बृद्धि गर्न एकैपटक डेढ अर्ब रुपैयाँ बराबरको डेढ करोड कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैैंकले १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । बैैंकले ३ कित्ता हुनेले १ कित्ता (३ः१)को अनुपातमा लिन पाउने गरी हकप्रद निष्कासन गरेको हो । हाल [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पुँजी बृद्धि गर्न एकैपटक डेढ अर्ब रुपैयाँ बराबरको डेढ करोड कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ ।

यो बैैंकले १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

बैैंकले ३ कित्ता हुनेले १ कित्ता (३ः१)को अनुपातमा लिन पाउने गरी हकप्रद निष्कासन गरेको हो ।

हाल बैंककाे चुक्ता पुँजी ४ अर्ब ५२ करोड रूपैयाँ छ । १ अर्ब ५० करोड रुपैयाँ थप गर्ने यो हकप्रद निष्कासन गरेको यसको सेयर यही असार ६ गतेसम्म कारोबार भएका सेयरधनीले खरिद गर्न पाउने भएका छन् ।

यो बैैैंकको हकप्रद यही असार १८ गतेबाट साउन २२ गतेसम्म आवेदन दिन पाइन्छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल लिमिटेड हो ।

Share News