तुलनात्मक लाभका उत्पादनहरूको प्रर्वद्घन गर्न स्थानीय तहलाई साना उद्योगीहरूको सुझाव

<p>काठमाडौं । स्थानीय तह पूर्वाधार विकासमा मात्र केन्द्रित नभई स्थानीय तहमा तुलनात्मक लाभका उत्पादनहरूको उत्पादन, प्रर्वद्घन र बजारीकरणमा लाग्नुपर्ने सुझाव सरोकारवालाहरूले दिएका छन् । स्थानीय तहले आफ्नो कार्य क्षेत्रको सन्तुलित विकास र समग्र आर्थिक बृद्घिदर उच्च राखी छिमेकी पालिकाहरूसँग समेत प्रतिष्पर्धी बन्नुपर्ने उनीहरूको भनाई थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघले काठमाडौं जिल्लाका स्थानीय [&hellip;]</p>

काठमाडौं । स्थानीय तह पूर्वाधार विकासमा मात्र केन्द्रित नभई स्थानीय तहमा तुलनात्मक लाभका उत्पादनहरूको उत्पादन, प्रर्वद्घन र बजारीकरणमा लाग्नुपर्ने सुझाव सरोकारवालाहरूले दिएका छन् ।

स्थानीय तहले आफ्नो कार्य क्षेत्रको सन्तुलित विकास र समग्र आर्थिक बृद्घिदर उच्च राखी छिमेकी पालिकाहरूसँग समेत प्रतिष्पर्धी बन्नुपर्ने उनीहरूको भनाई थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले काठमाडौं जिल्लाका स्थानीय तहमा नवनिर्वाचित मेयर, उपमेयर तथा काठमाडौं महानगरपालिका वडाध्यक्षहरूलाई स्वागत तथा सम्मानका लागि बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरूले सो कुरा बताएका हुन ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले विगतका दिनमा स्थानीय निकायहरूले मुलतः पूर्वाधारकै विकासका लागि धेरै काम गरिरहेको भन्दै हाल नवनिर्वाचित धेरै जनप्रतिनिधिहरूले पनि स्थानीय तह केबल पूर्वाधार विकासमा मात्रै सीमित हुने हो कि भन्ने डर जनतामा पलाएको बताए ।
लघु घरेलु तथा सान उद्योग अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै उनले भने–‘महासंघका गतिविधि ७५ जिल्लामा सञ्चालन छन्, महासंघको विधान अनुसार नै अब महासंघका गतिविधि स्थानीय तहमा गठन गरिने छ ।’

स्थानीय तहका जनप्रतिनिधिहरुलाई आवश्यक परेको खण्डमा सहयोगका लागि महासंघको तर्फबाट प्रतिबद्घता पनि उनले जाहेर गरेका छन् ।

सरकार भएका भन्दै स्थानीय तहभित्र सञ्चालित लघु उद्यम, घरेलु तथा साना उद्योग र व्यापार व्यवसायहरूको छुट्टाछुट्टै तथ्याङ्क चुस्त दुरूस्त राख्ने र अद्यावधिक गराउन निजी क्षेत्रसँग सहकार्य गनका लागि महासंघले प्रस्ताव अगाडि सारेको उनले बताए ।

पालिकास्तरमा हुने उत्पादनको बजारीकरणका लागि सम्भव भएसम्म सामुहिक उत्पादन श्रङ्खला, सामुहिक ब्राण्डिङ र थोक एजेण्टहरू सहितको उत्पादन श्रङ्खलाको विकासमा जोड दिन निजी क्षेत्रसँग सहकार्य गर काम गर्नुपर्ने उनले बताए ।

एनआरएनए अध्यक्ष र काठमाण्डौं महानगरका मेयरवीच भेटवार्ता, आपसी सहयोग र सहकार्य अगाडी बढाउनेबारे छलफल नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले घरेलु तथा साना उद्योग महासंघको सहकार्यमा महानगरपालिकाको नाममा केहि उत्पादन ब्राण्डिङ गरेर बिक्री गर्न सकिने बताए ।

महानगरपालिकाले ब्राण्डिङ गर्ने उत्पादन गुणस्तरीय हुनुपर्ने भन्दै उनले त्यस्ता उत्पादन नेपाली पहिचानका रूपमा विदेशी बजारसम्म पु¥याउन सकिने बताए । नेपालमा गुणस्तरीय वस्तुको उत्पादन गर्न नसक्दा सरकारले लाखौं मूल्य खर्चेर नेपालको जस्तै मौलिकपन झल्किने वस्तु अन्य देशबाट आयत गर्नुपरेको अहिलेका अवस्था रहेको उनले बताए ।

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले समाजमा महिलाहरूलाई उद्यमी बनाउन नसकेसम्म मुलुक समृद्घ बन्न नसक्ने बताउनुभयो । धेरै चुनौतिहरूका बाबजुद महिलाहरू अगाडि बढिरहेको भन्दै उहाँले हरेक वडा वडाबाट महिला उद्यमी÷व्यवसायी उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

अहिले देशको प्रमुख चुनौती भनेकै युवा पलायन भएको भन्दै उनले महासंघसँगको सहकार्यबाट युवा पलायन रोक्नका लागि आवश्यक कार्यक्रम अगाडि ल्याइनुपर्ने बताइन् ।

Share News