इटालीयन प्रविधिको आल्दा कम्पनीका उत्पादन नेपाली बजारमा

<p>काठमाडौं । इटालीयन प्रविधि जडीत विश्वप्रसिद्ध भारतीय आल्दा कम्पनिद्धारा उत्पादित अत्याधुनिक चिम्नी र चुलो नेपाली बजारमा भित्रिएको छ । काठमाडौँको पुतलिसडकमा रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजले विश्व प्रख्यात आल्दा कम्पनिका चिम्नी र चुलो नेपाली बजारमा ल्याएको हो । चिम्नी र चुलो उच्च गुणस्तरीय, टीकाउ तथा भरपर्दाे रहेको र किचेनका लागि निकै उपयोगी रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजको [&hellip;]</p>

काठमाडौं । इटालीयन प्रविधि जडीत विश्वप्रसिद्ध भारतीय आल्दा कम्पनिद्धारा उत्पादित अत्याधुनिक चिम्नी र चुलो नेपाली बजारमा भित्रिएको छ । काठमाडौँको पुतलिसडकमा रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजले विश्व प्रख्यात आल्दा कम्पनिका चिम्नी र चुलो नेपाली बजारमा ल्याएको हो ।

चिम्नी र चुलो उच्च गुणस्तरीय, टीकाउ तथा भरपर्दाे रहेको र किचेनका लागि निकै उपयोगी रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजको दावी छ । सबै वर्गका लागि उपयोगी रहेको चिम्नी र चुलोमा एक बर्षको ग्यारेन्टी रहेको सञ्चालक रामहरी दाहालले जानकारी दिए ।

चिम्नी र चुलोका साथै मोडुलर किचेनसँग सम्बन्धित आधुनिक र किफायती एसेसरिज र हार्डवेयर समान पनि उपलब्ध रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजका सञ्चालक दाहालले बताए । गुणस्तरीय, भरपर्दाे, टीकाउ र नेपाली बजारमा पहिलो भएकाले नेपाली बजारमा निकै लोकप्रिय हुने विश्वास इन्टरप्राइजेजको छ ।

Share News