३३४ स्थानीय तहमो धमाधम मनोनयन दर्ता,१३ हजार ५ सय ५६ जना प्रतिनीधि चयन हुने

<p>काठमाडौं । दोश्रो चरणको स्थानीय तहको निर्वाचनका लागि ३३४ तहमा धमाधम मनोनयन सुरु भएको छ । १ महानगरपालिका, ७ वटा उपमहानगरपालिका, १११ वटा नगरपालिका र २१५ वटा गाउँपालिकामा बिहान ८ बजेबाट मनोनयन दर्ता सुरु भएको हो । निर्वाचन आयोगका अनुसार ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा असार १४ गते हुने दोश्रो चरणको निर्वाचनमा ६४ लाख [&hellip;]</p>

काठमाडौं । दोश्रो चरणको स्थानीय तहको निर्वाचनका लागि ३३४ तहमा धमाधम मनोनयन सुरु भएको छ । १ महानगरपालिका, ७ वटा उपमहानगरपालिका, १११ वटा नगरपालिका र २१५ वटा गाउँपालिकामा बिहान ८ बजेबाट मनोनयन दर्ता सुरु भएको हो ।

निर्वाचन आयोगका अनुसार ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा असार १४ गते हुने दोश्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदान गर्नेछन् । सो मतदानबाट १३ हजार ५ सय ५६ जना प्रतिनीधि चयन हुनेछन् ।

आयोगले ८ हजार ३ सय ६४ वटा मतदान केन्द्र र ४ हजार ५ सय ८१ वटा मतदान स्थल तोकेको छ । निर्वाचन सम्पन्न गर्नका लागि ६६ हजार ९ सय कर्मचारी खटाइएको छ ।
साँझ ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ ।

Share News