काठमाडौं । निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले योण्डर क्याराओके प्रतियोगीताको आयोजना गर्ने भएको छ । एनसेलले गीत–संगीतका पारखीहरुलाई आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसरका रुमा ४ हप्तासम्म आकर्षक सामसुङ्ग जे सेभन प्राइम मोबाइल फोन जित्न सकिने गरि ‘योण्डर क्याराओके प्रतियोगिता’ सुरु गर्न लागेको हो ।
ग्राहकहरुमाझ लोकप्रीय बनि रहेको योण्डर म्युजिक एप प्रयोग गर्ने एनसेलका सबै ग्राहकले असार ५ गते बाट सुरु हुने प्रतियोगीतामा सहभागीता जनाउन पाउनेछन् । एनसेलले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै योण्डर क्याराओके कार्यक्रम घोषणा गरेको हो । कम्पनीले आफ्नो पिआरबिटी र फोन सेवा मार्फत जेठ १२ गते लाखौं गीत–संगीतमा निःशुल्क पहुँच पुग्ने योण्डर क्याराओके एप ल्याएको थियो ।
यो एपमा आफुलाई मन पर्ने गीत ट्रयाकमा गाएर २९ सेकेण्डसम्मको भिडियो सेयर गर्न सकिन्छ । ‘गीत संगीतका पारखीहरु तथा सधै थप सामाग्रीहरु खोज्ने ग्राहकहरुका लागि नेपाली तथा अन्र्तराष्ट्रिय गीत–संगीतमा पहुँच पुर्याउन अनलाइन म्युजिक स्ट्रिमिङ्ग सेवा प्रदान गर्न र देशको गीत संगीत उद्योगको दीगो विकासमा योगदान पुर्याउन योण्डर म्युजिकसँग सहकार्य गर्न पाएकोमा हामी हर्षित छौ’, एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।
उपभोक्ताले तयार पारेको भिडियो क्याराओकेमा आफ्नो गीत रेकर्ड गरि फेसबुक र इन्स्टाग्राममा पोष्ट गर्न सकिनेछ । यो साप्ताहिक प्रतियोगिता सोमबार देखि आइतबारको समय चक्रमा ४ हप्ता सम्म संचालनमा हुनेछ । प्रतियोतितामा प्रस्तोताले पोस्ट गरेको क्याराओके गीतले पाएको सबै भन्दा बढि लाइक र सेयरको आधारमा हरेक हप्ता १० उत्कृष्ठ प्रस्तोताहरु छानिने छन् ।
विजेताहरुले फोरजी मोबाइल फोन प्राप्त गर्नेछन् ।