एक लाख ६३ हजार सुरक्षा जनशक्ति परिचालन, निर्वाचनको विरोध गरे चुनाव नसकिएसम्म प्रहरी हिरासतमा

<p>सरकारले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई निर्वाचन अवधिभर प्रहरी हिरासतमा राख्ने भएको छ। पहिलो चरणको स्थानीयत तह निर्वाचनमा अवरोध गर्ने क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई सरकारले सार्वजनिक अपराध अभियोगमा मतदान नभएसम्म प्रहरी हिरासतमा राखेको थियो। आइतबार दोस्रो चरणको निर्वाचन मनोनयनका क्रममा अवरोध पुर्‍याउने, तोडफोड, आगजनीलगायतका गतिविधिमा संलग्न रहेको [&hellip;]</p>

सरकारले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई निर्वाचन अवधिभर प्रहरी हिरासतमा राख्ने भएको छ।

पहिलो चरणको स्थानीयत तह निर्वाचनमा अवरोध गर्ने क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई सरकारले सार्वजनिक अपराध अभियोगमा मतदान नभएसम्म प्रहरी हिरासतमा राखेको थियो।

आइतबार दोस्रो चरणको निर्वाचन मनोनयनका क्रममा अवरोध पुर्‍याउने, तोडफोड, आगजनीलगायतका गतिविधिमा संलग्न रहेको आरोपमा प्रदेश नम्बर १,४ र ५ का जिल्लाबाट चार सयभन्दा बढी पक्राउ परेका छन्।

सार्वजनिक अपराध ऐन अन्तर्गत प्रहरीले उनीहरूलाई २४ दिनसम्म हिरासतमा राख्न पाउँछ। सोही ऐनले दिएको अधिकार प्रयोग गरी उनीहरूलाई १४ गतेपछि हिरासत मुक्त गर्ने सरकारको रणनीति रहेको स्रोतले बतायो। नागरिक दैनिकबाट ।

Share News