इञ्जिनियरिङका उत्कृष्ठ १६ विद्यार्थीलाई एनसेलको एक-एक लाख छात्रवृद्धि

<p>काठमाडौं । नीजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनीले एनसेलले इञ्जिनियरिङ संकायमा उत्कृष्ठ नतिजा ल्याउने १६ जना विद्यार्थीलाई एक एक लाख नगद छात्रवृद्धि प्रदान गरेको छ । एनसेलले इञ्जिनियरङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका १६ विद्यार्थीलाई एक एक लाख नगद छात्रवृद्धि प्रदान गरेको हो । एनसेल र पुल्चोक क्याम्पसका बिचमा पाँच बर्षसम्म उत्कृष्ठ विद्यार्थीलाई नगदसहित पुरस्कृत गर्ने [&hellip;]</p>

काठमाडौं । नीजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनीले एनसेलले इञ्जिनियरिङ संकायमा उत्कृष्ठ नतिजा ल्याउने १६ जना विद्यार्थीलाई एक एक लाख नगद छात्रवृद्धि प्रदान गरेको छ ।


एनसेलले इञ्जिनियरङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका १६ विद्यार्थीलाई एक एक लाख नगद छात्रवृद्धि प्रदान गरेको हो । एनसेल र पुल्चोक क्याम्पसका बिचमा पाँच बर्षसम्म उत्कृष्ठ विद्यार्थीलाई नगदसहित पुरस्कृत गर्ने सम्झौता भएको थियो ।

सोही सम्झौता अनुसार एनसेलले चौथो पटक १६ जना विद्यार्थीलाई छात्रवृद्धि प्रदान गरेको हो । कम्पनीले यस अघि नै पुल्चोक क्याम्पसमा उत्कृष्ठ नतिजा ल्याउने ४८ जनालाई यस्तो छात्र वृद्धि दिईसकेको थियो ।

सोमबार आयोजीत एनसेल छात्र वृद्धि तथा उत्कृष्ठता अवार्ड वितरण समारोहमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा स्नातक तहमा अध्ययनरत १२ जना उत्कृष्ठ विद्यार्थी र उत्कृष्ठ नतिजा ल्याएर उत्तीर्ण भैसकेका विद्यार्थीले एक एक लाख पाएका हुन् ।

यी हुन उत्कृष्ठ विद्यार्थीहरु

२०७२ ब्याचबाट
इलेक्ट्रीकल इञ्जिनियरिङ–आदिती गजुरेल
इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन–जयश्री राठी
कम्प्युटर इञ्जिनियरिङ–सारांश डोटेल
उत्कृष्ठ छात्रा–सलोनी शिखा

२०७१ ब्याचबाट
इलेक्ट्रीकल इञ्जिनियरिङ–अभिषेख सापकोटा
इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन–सेलिना श्रेष्ठ
कम्प्युटर इञ्जिनियरिङ–प्रकृति दुमारु
उत्कृष्ठ छात्रा–श्रीति श्रेष्ठ

२०७० ब्याचबाट
इलेक्ट्रीकल इञ्जिनियरिङ– विवेक राई
इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन–सुजन ढुंगाना
कम्प्युटर इञ्जिनियरिङ– वृहतरत्न बज्राचार्य
उत्कृष्ठ छात्रा–सुजिता चौधरी

एनसेल एक्सलेन्स अवार्ड-२०६९ मा पास आउट भएकाहरुबाट
इलेक्ट्रीकल इञ्जिनियरिङ– रामप्रसाद ज्ञवाली
इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन– प्रतिक भण्डारी
कम्प्युटर इञ्जिनियरिङ– महेन्द्र सिंह थापा
उत्कृष्ठ छात्रा–स्लेशा अधिकारी

Share News