नेपाल एसबिआई बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन, कहाँबाट भर्ने?

<p>काठमाडौं । नेपाल एसबिआइ बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद आज एकदिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १० बराबर ४ को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । जेठ ७ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित एक करोड ९९ लाख १९ हजार ४२३ कित्ता सेयर निष्कासन गरिरहेको छ । इच्छुक सेयरधनीले आज(आइतबार) बैंकिङ समयभित्र [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआइ बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद आज एकदिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १० बराबर ४ को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ ।

जेठ ७ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित एक करोड ९९ लाख १९ हजार ४२३ कित्ता सेयर निष्कासन गरिरहेको छ । इच्छुक सेयरधनीले आज(आइतबार) बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन् ।

इच्छुक सेयरधनीले नागपोखरीको एनएमबि क्यापिटल मार्केट र बैंकको रजिष्टर्ड(केन्द्रीय) कार्यालय लगायत अन्य शाखा कार्यालयहरु बाट आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल मार्केट लि रहेको छ ।

Share News