काठमाडौं । एनआईसी एशिया बैंकद्वारा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार धरान स्थित वि.पि. कोईराला विज्ञान स्वास्थ्य प्रतिष्ठानको परिसरमा ९५० थान बिरुवाको वृक्षारोपण गरेको छ । बैंक र प्रतिष्ठान बिच भएको सम्झौता अनुरुप बैंकले प्रतिष्ठानको परिसरमा प्रतिष्ठानका पदाधिकारीहरु लगायत धरान स्थित उक्त कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सो को यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संघ संस्थाको सहकार्यमा वृक्षारोपण गरिरहेको छ । यसै क्रममा बैंकले यहि आर्थिक वर्ष २०७३/७४ भित्र ७००० विरुवाहरुको वृक्षरोपण गर्ने अठोट लिएर अघि बढीरहेको छ । यस्तो वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पुग्ने विश्वास लिएको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।