काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले शत्प्रतिशतको हकप्रद सेयरको निष्कासन गरेको छ ।
यो वीमा कम्पनीले १ः१.६६ को अनुपात अर्थाता एउटा सेयर बजारबार नयाँ १.६६ कित्ता सेयर पाउने गरी हकप्रद निष्कासन गरेको हो ।
यसले एक रुपैयाँ दरका ६४ लाख २० हजार कित्ता हकप्रद निष्कासन गरेको छ । यो बीमा कम्पनीको सेयरमा आवेदन दिन यही असार १६ गतेसम्म कारोबार भएका सेयरधनीले मात्रै हकप्रद पाउने भएका छ ।
यसको हकप्रदको लागि यही असार २८ देखि साउन ३१ भित्र आवेदन दिइसक्नुपर्ने छ । यसको आवेदन एनएमबी क्यापिटल लिमिटेड र एनएमबी बैंकबाट दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।