काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले शत् प्रतिशत हकप्रद सेयरको निष्कासन गरेको छ ।
यो बीमा कम्पनीले ३९ लाख कित्ता सेयरको हकप्रद निष्कासन गरेको छ ।
प्रति कित्ता एक सय रुपैयाँ अंकित यो सेयर को लागि यही असार १२ गतेभित्र कारोबार गरेको शेयरधनीले मात्रै खरिद गर्न पाउने छन् ।
यो बीमा कम्पनीले आफ्नो ३९ करोड रुपैयाँको चुक्ता पुँजीमा सोही अनुपतामा पुँजी बृद्धि गर्न १ः१ अर्थात एक सेयर बराबार नयाँ एक सेयर नै खरिद गर्नपाउने गरी हकप्रद निष्कासन गरेको हो ।
यसको सेयर आवेदनका लागि यही असार ३० देखि भदौ १ गतेभित्र दिनुपर्ने भएको छ । यसको हकप्रदको आवेदन सीबीआईएल क्यापिटल डिल्लीबजार, सिटिजन इन्टरनेशनल बैंक उपत्य र बाहिरका शाखा र एस क्यापिटल लालदरबारबाट आवेदन दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेड हो ।