काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ ।
कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ९३० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ९२३ रुपैयाँ रहने भएको छ ।