केयुकेएलका महाप्रबन्धकलाई खानेपानी सचिवले निकाले कार्य कक्षबाटै

<p>काठमाडौं । उपत्यका बासीका धारामा खानेपानी उपलब्ध गराउने जिम्मेवारी पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का महाप्रबन्धकलाई खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिम उपाध्यायले कार्यकक्षबाट बाहिर निकालेका छन् । केयुकेएलमा भैरहेका अनियमितताहरु सार्वजनिक गरिरहेका सचिव उपाध्यायलाई भेट्न मन्त्रालय पुगेका महाप्रबन्धक भट्टराईको मानसिकता असन्तुलित देखिएकाले कार्यकक्षबाटै बाहिर निकाल्नु परेको सचिव उपाध्यायले स्पष्ट पारेका छन् । मन्त्रालयले महाप्रबन्धक भट्टराईलाई [&hellip;]</p>

काठमाडौं । उपत्यका बासीका धारामा खानेपानी उपलब्ध गराउने जिम्मेवारी पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का महाप्रबन्धकलाई खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिम उपाध्यायले कार्यकक्षबाट बाहिर निकालेका छन् ।

केयुकेएलमा भैरहेका अनियमितताहरु सार्वजनिक गरिरहेका सचिव उपाध्यायलाई भेट्न मन्त्रालय पुगेका महाप्रबन्धक भट्टराईको मानसिकता असन्तुलित देखिएकाले कार्यकक्षबाटै बाहिर निकाल्नु परेको सचिव उपाध्यायले स्पष्ट पारेका छन् ।

मन्त्रालयले महाप्रबन्धक भट्टराईलाई कारवाही गर्ने प्रक्रिया अघि बढाएपछि उनी सचिव उपाध्यायलाई भेट्न मन्त्रालय पुगेका थिए । तर सचिव उपाध्यायलाई गालीगलौज गर्न थालेपछि भट्टराईलाई कार्यकक्षबाटै निकालेको सचिव उपाध्यायले फेसबुकमा लेखेका छन् ।

‘‘केयुकेएलमा अनेक गल्ति र अनियमितता गरेकोमा कार्यवाही हुने भएपछि केयुकेएलका महाप्रवन्धक महेश भट्टराइ सचिवको कार्यकक्षमा आक्रोशित हुदै झगडा गर्न आएका थिए । उनको मानसिकता असन्तुलित देखिएकोले तत्काल कार्यकक्षबाट बाहिरिन आदेश दिनु परेको थियो ।’, उपाध्यायले आफ्नो फेसबुकमा लेखेका छन् ।

जथाभावी बैठक राखेको, अनावश्यक रुपमा विदेश भ्रमणमा गएको, कानुन शाखामा कर्मचारी हुँदा हुँदै २ जना कानुनी सल्लाहकार भर्ना गरेको र थपस्वतन्त्र कानुन व्यावसायी भर्ना गरेको, खानेपानी वितरणमा अनियमितता गरेको, कर्मचारी नियुक्तीको फाइल अघि नबढाएको लगायतका आरोप सहित मन्त्रालयले महाप्रबन्धक भट्टराईमाथी कारवाही गर्न लागेको छ ।

 

Share News