गरिबी निवारणका लागि लघु उद्यम

<p>काठमाडौं । नेपालमा व्याप्त गरिबीको निवारणका लागि लघु उद्यम उपयुक्त विकल्प हुने जानकारहरुले बताएका छन् । बिभिन्न ४ जिल्लाको ग्रामिण भेगका लघु उद्यमीहरुले तयार पारेका उत्पादनहरुको व्यवसायीक प्रवद्र्धनका लागि आयोजना गरिएको कार्यक्रमका वक्ताहरुले त्यस्तो बताएका हुन् । घरेलु तथा साना उद्योग विभागका महानिर्देशक सत्रुघन प्रसाद पुडासैनी, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका नायब प्रमुख कार्यकारी निर्देशक [&hellip;]</p>

काठमाडौं । नेपालमा व्याप्त गरिबीको निवारणका लागि लघु उद्यम उपयुक्त विकल्प हुने जानकारहरुले बताएका छन् । बिभिन्न ४ जिल्लाको ग्रामिण भेगका लघु उद्यमीहरुले तयार पारेका उत्पादनहरुको व्यवसायीक प्रवद्र्धनका लागि आयोजना गरिएको कार्यक्रमका वक्ताहरुले त्यस्तो बताएका हुन् ।

घरेलु तथा साना उद्योग विभागका महानिर्देशक सत्रुघन प्रसाद पुडासैनी, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका नायब प्रमुख कार्यकारी निर्देशक तेजसिंह बिष्ट र गरिबी निवारण कोषका सिताराम चौधरीले लघु उद्यमले नै नेपालको गरिबी निवारण सम्भव हुने बताएका हुन् ।

गोरखा, दाङ, धनुषा र दैलेखमा १५ दिने उद्यमशिलता तालिम सञ्चालन गरेर त्यसमा उत्कृष्ठ भएकाहरुको उत्पादन बजारीकरण गर्ने भन्दै आयोजीत कार्यक्रममा उनीहरुले लघु उद्यम बिना समृद्धि सम्भव नभएको धारणा राखे । कार्यक्रममा दैलेको छालाका उत्पादन, धनुषाको मिथिला आर्ट, दाङको माटाका भाँडा र गोरखाको फेल्टका उत्पादनहरु व्यापारीकरणका लागि राखिएका थिए ।

स्थानीय नागरिकलाई उत्पादनको प्रक्रियामा सामेल गराएर बजारीकरणमा समेत सघाउने उदेश्यले नेपाल हस्तकला महासंघ, नेपाल सम्पदा संघ र गरिबी निवारण कोषले मिलेर १५ दिने तालिम कार्यक्रम सञ्चालन गरेका थिए । सोही तालिमका उत्कृष्ठ सहभागीले निर्माण गरेका उत्पादनको बजारीकरणका लागि राजधानीमा कार्यक्रम आयोजना गरिएको हो ।

Share News