काठमाडौं । देवः विकास बैंकको आगामी असार २९ गते विशेष साधारणसभा हुने भएको छ । सो प्रयोजनको लागि बैंकले असार २३ गतेदेखि २९ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निणर्य गरेको छ ।
उक्त साधारणसभा सम्बन्धि निर्णय बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । सभामा बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाँदै छ ।