काठमाडौं । बुधबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन सप्तकोशी डेभलपमेन्ट बैंकको हकप्रद सेयर पछिको र साल्ट ट्रेनिङ कर्पोरेसनको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । बैंकको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०९ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १९३ रुपैयाँ रहने भएको छ ।
त्यस्तै, नेप्सेले साल्ट ट्रेनिङ कर्पोरेसनको २० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २३८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य २२३ रुपैयाँ रहेको छ ।