काठमाडौं । ज्योति विकास बैैंकले साधारणतर्फ र संस्थापकको गरी ३३ लाख ७७ हजार ५ सय ८ कित्ता सेयरको लिलामीमा विक्री गर्ने भएको छ ।
यो बैंकले संस्थापकतर्फको २८ लाख १२ हजार ३३६ कित्ता र साधारणतर्फको ५ लाख ६५ हजार १७१ कित्ता सेयरको लिलामी गर्दै छ ।
यो बैंकले यही असार २१ देखि २८ भित्र गोप्य शिलवन्दी पेश गर्न पनि आग्रह गरेको छ । यसको सेयर लिन कम्तिमा एक सय रुपैयाँमा गोप्य शिलबन्दीबाट प्रस्ताव पेश गर्नुपर्ने छ ।
यो बैंकले गत बैशाख २८ देखि जेठ ३१ सम्म खुला गरेको हकप्रद सेयरबाट विक्री नभएका सेयरको लिलामी गर्न लागेको हो । यसको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।