सप्तकोशी डेभलपमेन्टले जारी गर्यो २७ लाख कित्ता हकप्रद, असार ३० देखि आवेदन खुला

<p>काठमाडौं । मोरङमा केन्द्रीय कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले १ कित्ता बराबार अर्को १ दशमलव ३ कित्ता अर्थात (१ः१.३)को अनुपातमा हकप्रद सेयर जारी गरेको छ । यो बैंकले यही असार १४ गतेभित्र सेयर कारोबार गरेर शेयरधनीले हकप्रद किन्न पाउने जानकारी दिएको [&hellip;]</p>

काठमाडौं । मोरङमा केन्द्रीय कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

यो बैंकले १ कित्ता बराबार अर्को १ दशमलव ३ कित्ता अर्थात (१ः१.३)को अनुपातमा हकप्रद सेयर जारी गरेको छ ।

यो बैंकले यही असार १४ गतेभित्र सेयर कारोबार गरेर शेयरधनीले हकप्रद किन्न पाउने जानकारी दिएको छ । यो बैंकले निकाले एक सय रुपैयाँ प्रतिकित्ता यो हकप्रद सेयरको यही असार ३० देखि भदौ १ गतेसम्म आवेदन दिन सकिने छ ।

यसको आवेदन दिन बैंकका कार्यालय, एनएमबी क्यापिटल लिमिटेड र एमएमबी बैंकका तोकिएको शाखाबाट आवेदन दिन पाइने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

Share News