कन्चन डेभलपमेन्ट बैंकको १० लाख कित्ता हकप्रद निष्कासन, १० कित्ता हुनेले ३ कित्ता पाउने

<p>काठमाडौं । कन्चन डेभपलमेन्ट बैंकले १० लाख ३९ हजार ५ सय कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले ३४ करोड ६५ लाखको चुक्ता पुँजीमाा १० करोड ३९ लाख बृद्धि गर्ने गरी हकप्रद सेयर जारी गरेको हो । यो बैंकले यही गत जेठ ३१ गतेसम्म कारोबार गरेको सेयरधनीले मात्रै हकप्रद किन्न पाउने गरी सूचना [&hellip;]</p>

काठमाडौं । कन्चन डेभपलमेन्ट बैंकले १० लाख ३९ हजार ५ सय कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले ३४ करोड ६५ लाखको चुक्ता पुँजीमाा १० करोड ३९ लाख बृद्धि गर्ने गरी हकप्रद सेयर जारी गरेको हो ।

यो बैंकले यही गत जेठ ३१ गतेसम्म कारोबार गरेको सेयरधनीले मात्रै हकप्रद किन्न पाउने गरी सूचना जारी गरेको छ ।

यो बैंकले १० कित्ता हुनेलाई नयाँ ३ कित्ता सेयर (१०ः ३)को अनुपातमा हकप्रद सार्वजनिक गरेको हो ।

यसको सेयर आवेदन यही असार ३० गतेबाट भदौ १ गतेभित्र दिइसक्नुपर्ने छ । यसको आवेदन दिन कन्चनका सबै शाखा, ग्लोवल आइएमई बैंकको काठमाडौं बाहिरको तोकिएको शाखाबाट मात्रै आवेदन दिन पाइने छ । यसको विक्र प्रवन्धक ग्लोवल आइएमई लिमिटेड हो ।

Share News