चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० मा उज्यालो नेपाल कार्यक्रम मार्फत सौर्य वत्ती जडानको कार्य बुधबारदेखि सुरु भएको छ ।
वडा नम्बर १० का २० वटा टोलमा पहिलो चरण मार्फत ५५ लाखको लागतमा ६० ठाँउमा सौर्य वत्ती जडान गरिएको वडा नम्बर १० वडा समन्व समितिका संयोजक ज्ञानेन्द्र राज पाण्डेले जानकारी दिए ।
उज्यालो नेपाल कार्यक्रम अन्र्तगत नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलको पहलमा उज्योलो रत्ननगर मार्फत वडा नम्बर १० मा पहिलो चरणमा ५५ लाख बजेट बिनियोजन गरी काम सम्पन्न भएको पाण्डेले जानकारी दिए ।
पहिलो चरणको कार्य सफलताका साथ सम्पन्न भए पछि रत्ननगरका अन्य वडामा पनि उज्यालो नेपाल कार्यक्रम मार्फत अन्य वडामा समेत जडान गरिने भएको छ ।