साउन १ देखि १० लाख भन्दा बढि नगद कारोबार गर्न नपाइने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि १० लाख भन्दा बढिको नगद कारोबारमा रोक लगाएको छ । केन्द्रिय बैंकले बैशाख २८ गते सर्कुलर जारी गरेर साउन १ गतेदेखि १० लाख भन्दा बढि रकमको कारोबार नगदमा नगर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले १० लाख भन्दा बढिको भुक्तानी एकाउण्टपेयी चेक मार्फत [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि १० लाख भन्दा बढिको नगद कारोबारमा रोक लगाएको छ । केन्द्रिय बैंकले बैशाख २८ गते सर्कुलर जारी गरेर साउन १ गतेदेखि १० लाख भन्दा बढि रकमको कारोबार नगदमा नगर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले १० लाख भन्दा बढिको भुक्तानी एकाउण्टपेयी चेक मार्फत गर्नुपर्ने र विभिन्न फर्म तथा संस्थाहरुको नाममा खिचिएका चेक पनि एकाउण्टपेयी हुनुपर्ने जनाएको छ ।

तर कुनै निक्षेप कर्ता वा वचत कर्ताले कुनै कारण देखाई नगद भुक्तानीका लागि भने निवेदन दिन सक्नेछन् । बैंकलाई त्यस्तो निवेदन मुनासिब लागेमा भने नगद भुक्तानी दिन पनि कुनै बाधा नहुने केन्द्रिय बैंकले जनाएको छ ।

बैंक तथा वित्तिय संस्थाले १० लाख भन्दा बढि नगद भुक्तानी गरेको विवरण भने मासिक रुपमा नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्नेछ ।

 

 

Share News