अझै ५२६ भूकम्प पीडितको ४ अर्बबढी बीमा भुक्तानी हुन बाँकी, ६० प्रतिशत अग्नि बीमा

<p>काठमाडौं । भूकम्प गएको दुई वर्ष वित्दा समेत ५ सय २६ भूकम्प पीडितले बीमा भुक्तानी पाएका छैनन् । बीमा कम्पनीहरूमा दावी परेको बीमामध्ये अझैसम्म चार अर्ब ११करोड रुपैयाँ भुक्तान हुन बाँकी रहेको छ । चालु आर्थिक वर्षको जेठ अन्तिमसम्म भूकम्पको क्षतिका कारण १६ अर्ब ८४ करोड दावी बीमा परेको छ । निर्जीवन बीमा कम्पनीहरूले अवधिमा [&hellip;]</p>

काठमाडौं । भूकम्प गएको दुई वर्ष वित्दा समेत ५ सय २६ भूकम्प पीडितले बीमा भुक्तानी पाएका छैनन् । बीमा कम्पनीहरूमा दावी परेको बीमामध्ये अझैसम्म चार अर्ब ११करोड रुपैयाँ भुक्तान हुन बाँकी रहेको छ । चालु आर्थिक वर्षको जेठ अन्तिमसम्म भूकम्पको क्षतिका कारण १६ अर्ब ८४ करोड दावी बीमा परेको छ । निर्जीवन बीमा कम्पनीहरूले अवधिमा परेको दावी बीमामध्ये करिब ७५ प्रतिशत अर्थात ११ अर्ब ८९करोड ९५ लाख रुपैयाँ भुक्तान गरेको छन् ।

कम्पनीहरूले साना भूकम्प पीडितको दावी बीमा भुक्तान गरिसकेको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइँले बताए । ‘भुक्तान हुन बाँकी रहेको भूकम्प दावी बीमा ठूला बिल्डिङ तथा व्यापारिक कम्पेक्सहरूको हो,’ उनले भने ‘यस्ता भवनहरूको हिसाव किताव मिलान हुन समय लाग्छ ।’ सानो दावी बीमाको भुक्तान भइसकेको छ । बाँकी रहेकालाई भुक्तान दिनका लागि समितिले पहल गरिरहेको उनले बताए । कसैले भने वास्तविकताभन्दा बढी दावी गरेकाले पनि यसमा अलमल भएको उनको भनाइ छ ।

‘एभरेष्ट होटेलको बीमा भुक्तान गर्नको लागि केही समयमात्र सर्वे शुरु गरेको,’ नेपाल सर्वेयर संघका अध्यक्ष सूर्य जोशीले भने । त्यस्तै होराइजन अपार्टमेन्ट निर्माण गर्दा नै सरकारी स्वीकृती विवादित देखिएको छ भने अधिकांश लगानीकर्ताहरू बाहिर छन् । होइराइजका प्रवद्र्धक र फ्ल्याटकर्ताको दोहोरो दाबी परेको जोशी बताउँछन् । ‘दोहोरो दावीका कारण अलमल भएको हो,’ उनले भने । कतिपय बीमा कम्पनीले भने सर्वेयरले गरेको सम्पत्ति मूल्यांंकनमा चित्त नबुझाएर पुनःमूल्यांकन गर्न लागिरहेका छन् । ‘उनीहरूसँग सम्झौता गर्ने क्रममा रहेको छ,’ उनले भने ।

दुई वर्षको अवधिमा १७ हजार ८ सय ३ वटा दावी बीमा परेकोमा ११ हजार एक सय ४१ वटाको मात्र दावी भुक्तान भएको छ । विभिन्न निर्जीवन बीमामा हालसमम जम्मा पाँच खर्ब ४४ अर्ब ६ करोड रुपैयाँको बीमाङ भएको छ । बीमा कम्पनीहरूले पुर्नबीमा कम्पनीहरुमा जोखिम सारे पनि भुक्तानी भने ढिला गरिरहेका छन् । कम्पनीहरूले हालसम्म पुर्नबीमा कम्पनीबाट सात अर्ब ५१ करोड रुपैयाँ प्राप्त गरेका छन् ।

६० प्रतिशत अग्नि बीमा दावी

भूकम्पका कारण क्षति भएको निर्जीवन बीमामा सबैभन्दा बढी दावी अग्नी बिमा परेको छ । उक्त अवधिमा विभिन्न निर्जीवन कम्पनीमा १५ हजार दुई सय ३३ वटा दावी बीमा परेकोमा नौ हजार सात सय ८४ वटाले दावी बीमा पाउने भएको छ । सोमध्ये जेठ अन्तिमसम्म नौ हजार दुई सय चार वटा दावी बीमाको भुक्तान भएको छ । अग्नि बीमातर्फ ४५वटा दावी बीमांकले ६१ करोड ४९ लाख रुपैयाँ पेश्की लगेका छन् ।

अग्नि बीमा पछि दोस्रो इन्जिनियरीङ बीमामा दुई अर्ब ८२ करोड ४३ लाख दावी बीमा परेको छ । उक्त शीर्षकअन्तर्गत एक ५७ वटा इन्जिनियरीङ दावी बीमा परेकोमा जेठसम्म ५२ वटाको मात्र दावी भुक्तान भएको छ । उक्त भुक्तानका लागि बीमा कम्पनीहरूले जम्मा २३ करोड ११ लाखमात्र भुक्तान गरेका छन् । सो बीमाअन्तर्गत एक खर्ब २० अर्ब ९९ करोड बीमांक भएको छ ।

भूकम्पयता मोटर बीमातर्फ दावी परेका नौ सय ८७ बीमा दावीमध्ये सात सय ६० दावी बीमाले २१ करोड ९३ लाख रुपैयाँ भुक्तान पाएका छन् । निर्जीवन बिमा कम्पनीहरू यसका साथै सामुन्द्रिक तथा अन्य विविध बिमा गराउँदै आएका छन् ।

Share News