एकै दिन पाँच करोडको दही विक्री, एकैदिन साढे २ लाख लिटर बिक्यो

<p>काठमाडौं ।  उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ । असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको छ । असार १५ मा दहि र चिउरा खानैपर्ने नेपाली संस्कार छ । त्यसैले यो दिन सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग हुने गरेको छ । माग अघिक हुने [&hellip;]</p>

काठमाडौं ।  उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ । असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको छ ।

असार १५ मा दहि र चिउरा खानैपर्ने नेपाली संस्कार छ । त्यसैले यो दिन सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग हुने गरेको छ ।

माग अघिक हुने गरेकोले ठूला उद्योगीलाई असार १५ भ्याइनभ्याइ हुने गरेको छ ।

असार १४ देखि नै आम उपभोक्ताले दहिको माग गर्ने गरेका छन् ।

माग बर्षेनी बढ्दै जाँदा कच्चा दूधको अभावमा माग पूरा गर्न गाह्रो परिरहेको उद्योगि व्यवसायीको भनाइ छ ।

अनौपचारिक रुमा भने दहिको कारोबार ६ करोड रुपैयाँ भन्दा बढीले भएका पनि उल्लेख छ । अन्नपूर्ण पोस्टबाट ।

Share News