काठमाडौं । फेवा विकास बैंक र गण्डकी विकास बैंकले मर्जरपछि असार २१ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई विकास बैंकले असार २१ गतेदेखि गण्डकी विकास बैंकको नामले राष्ट्रियस्तरको विकास बैंकका रुपमा कारोबार थाल्न लागेका हुन् ।
मर्जर पछि बैंकको कुल चुक्ता पुँजी १ अर्व ८४ करोड ३९ लाख रुपैयाँ पुगेको छ । साथै, बैंकको कुल शाखा संख्या ५० र एटिएम संख्या २० पुग्ने छ ।