नेप्सेमा सामान्य अंकको गिरावट, साताभर एक अर्ब ८५ करोडको सेयर कारोबार

<p>काठमाडौं । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.९१ अंकले घटेर अन्तिम दिन १५६३.८१ अंकमा पुगेको छ । नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । साताभर बजारमा एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अछिल्लो साताभन्दा ३७ दशमलब ३६ अंकले ओरालो लागेको [&hellip;]</p>

काठमाडौं । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.९१ अंकले घटेर अन्तिम दिन १५६३.८१ अंकमा पुगेको छ । नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । साताभर बजारमा एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अछिल्लो साताभन्दा ३७ दशमलब ३६ अंकले ओरालो लागेको छ । गत साता बजारमा दुई अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बजारमा सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक १७ अंकले आरालो लागेको छ । त्यस्तै, होटल र बीमा समूहको परिसूचक क्रमशः २४ र १७ अंकले उकालो लागेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.०९ अंकले घटेर ३३१.६६ अंकमा आईपुगेको छ ।

यस साता हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको १२ करोड ६७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।

Share News