राष्ट्र बैंकको हस्तक्षेपपछि कुमारी बैंकमा नयाँ सिइओ,योग्यता नपुगेका सञ्चालकलाई पद त्याग्न निर्देशन

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि कुमारी बैंकमा कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको खुलासा भएको छ । महाकाली विकास बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्ससँग मर्जरपछिको एकिकृत कारोबार समारोहलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले कुमारी बैंकमा सिइओ नियुक्त राष्ट्र बैंकले हस्तक्षेपकारी भूमिका खेल्नु परेको खुलासा गरेका हुन् । [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि कुमारी बैंकमा कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको खुलासा भएको छ । महाकाली विकास बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्ससँग मर्जरपछिको एकिकृत कारोबार समारोहलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले कुमारी बैंकमा सिइओ नियुक्त राष्ट्र बैंकले हस्तक्षेपकारी भूमिका खेल्नु परेको खुलासा गरेका हुन् ।

‘हामीले तुरुन्तै सीईओ नियुक्त गर्नुस् भनेर निर्देशन पत्र पठाएको एक हप्तामा नयाँ सिईओ नियुक्ती भयो’, एकिकृत कारोबार आरम्भ कार्यक्रममा गभर्नर डा. नेपालले ‘हप्ता दिन भित्र पनि सीईओ नियुक्त नभएको भए अर्को पत्र काट्न राष्ट्र बैंकको तयारी थियो ।’

कुमारी बैंकमा विगत २ वर्षअघि देखि सीईओ पद रिक्त रहेको थियो । राजीव गिरीले सो अवधीमा कामु सीईओ रुपमा कार्यभार सम्हालेका थिए ।

बैंक सञ्चालक समितिले जेठ २२ गते सुरेन्द्र भण्डारीलाई सीईओ नियुक्त गरेको थियो । भण्डारीले साउन १ देखि कुमारी बैंकमा जिम्मेवारी समाल्दैछन् ।

स्रोतका अनुसार केन्द्रीय बैंकका उच्च अधिकारीहरुले कुमारी बैंकका सञ्चालकलाई नाम तोकेर ‘यो व्यक्तिलाई’ नयाँ सीईओ नियुक्त गर्न निर्देशन दिएका थिए । तर लिखित रुपमा भने तुरुन्त सिइओ नियुक्त गर्नु मात्रै भनेको थियो । कसको नाम तोकिएको थियो भन्ने स्रोतले खुलाउन चाहेन ।

गभर्नर नेपालको भनाई कुमारी बैंकप्रति आक्रामक थियो । बैंकमा अध्यक्ष सन्तोष लामाप्रति संकेत गर्दै साधारण लेखपढ जानेको र निर्णयमा ल्याप्चे लगाउने व्यक्ति बैंकका अध्यक्ष वा सञ्चालन बस्न नपाउने बताए ।

‘पहिला साधारण लेखपढ मात्रै जानेका र निर्णयमा ल्याप्चे लगाउने व्यक्ति पनि बैंक सञ्चालक हुन सक्थे । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले सञ्चालक तथा अध्यक्षको योग्यता र अनुभव तोकेको छ । ऐनको पूर्ण पालना गर्न हामीले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिईसकेका छौं ।’

‘कुन कुन बैंकका सञ्चालकहरुको योग्यता र अनुभव के छ भन्ने कुरा राष्ट्र बैंकको जानकारीमा आएको छ’ गभर्नरले भने–‘योग्यता र अनुभव नभएका व्यक्तिले अब बैंक छोड्नु पर्छ ।’

उनले कुल ७४४ वटा स्थानीय तह मध्ये २४० वटामा मात्रै बैंक पुगेको बताउँदै बाँकी ५०४ स्थानीय तहमा पनि तत्कालै बैंकका शाखाहरु स्थापना गराउने काम अघि बढाएको पनि जानकारी दिए । धेरै ठाउँमा बैंकहरुले जान चाहेको बताउँदै उनले बैंकले जान नचाहेको स्थानीय तहमा पनि बाध्यात्मक नीति बनाएर शाखा विस्तार गर्ने बताए ।

केन्द्रिय बैंकका प्रवक्ता नारायण पौडेलले असार मसान्तसम्म चुक्ता पुँजी नपुर्याउने बैंकलाई नयाँ निक्षेप संकलन, कर्जा लगानी र शाखा विस्तारमा रोक लगाउने बताए । उनले पुँजी वृद्धि गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई बोनस बाढ्न पनि रोक लगाउने स्पष्ट पारेका थिए ।

Share News