पोखरा फाइनान्सलाई एफपीओ निष्कासन गर्न बोर्डको अनुमति, प्रतिकित्ता मूल्य २१० रुपैयाँ

<p>काठमाडौं । पोखरा फाइनान्सलाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले बिहीबार ९ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता २ सय २० रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट लिमिटेड [&hellip;]</p>

काठमाडौं । पोखरा फाइनान्सलाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले बिहीबार ९ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता २ सय २० रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ । सो मात्राको एफपीओ पछि फाइनान्सको पूँजी ५५ करोेड ८४ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता २४० रुपैयाँमा कारोबार भएको छ ।

 

Share News