काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा माई हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।
बोर्डले हाइड्रोलार्ई एक अर्ब ५ करोड रुपैयाँ बराबरको एक करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो ।
हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।