साढे ५२ अर्बको सेयर निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति, दुई जलविद्युत कम्पनीको आईपीओ रोकियो

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७३/७४ मा ५१ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले यस बर्षमा ७१ वटा कम्पनीहरुलाई ४२ अर्व ३० करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम बराबरको हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । त्यस्तै, १९ वटा कम्पनीहरुलाई ९ अर्व २४ करोड ७६ [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७३/७४ मा ५१ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले यस बर्षमा ७१ वटा कम्पनीहरुलाई ४२ अर्व ३० करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम बराबरको हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । त्यस्तै, १९ वटा कम्पनीहरुलाई ९ अर्व २४ करोड ७६ लाख रुपैयाँभन्दा बढी रकमको आईपीओ तथा एफपीओको सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गरिसकेको जनाएको छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले २०७४ आषाढ मसान्तसम्ममा नेपाल राष्ट्र बैंकले तोकेको पूँजी बृद्धि गर्नुपर्ने व्यवस्था बमोजि मबोर्डले उक्त अवधिसम्मका लागि हकप्रद शेयर निष्काशन गर्दा बोर्डले तोकेको मापदण्ड भित्रका संगठित संस्थाहरुले रेटिङ्ग गर्नु नपर्ने व्यवस्था गरी हकप्रद शेयर निष्काशन अनुमति कार्यलाई छिटो छरितो रुपमा गरिएकोले हकप्रद सेयर निष्काशन सहज भएको र धेरै मात्रामा हकप्रद सेयर निष्काशन भएको जनाएको छ ।

यसका साथै बोर्डमा आईपीओ अनुमतिको लागि निवेदन दिने संगठित संस्थाहरुको निष्काशन अनुमति कार्य समेत नियमित तथा पूर्ववत रुपमा गर्दे आईरहेको जनाएको छ ।

आईपीओ, एफपीओ तथाहकप्रद शेयर निष्काशनको लागि अनुमतिका लागि निवेदन दिँदा तोकिए बमोजिमका सम्पूर्ण विवरण तथा कागजातहरु शुरुमै अर्थात समयमा पेश नगर्ने तर आवेदन दिएको मितिलाई मात्र आधार मानी अनुमति कार्य ढिला भएको भन्ने गरिएकोमा बोर्डले तोकिए बमोजिमका संपूर्ण विवरण तथा कागजात प्राप्त भए पश्चात मात्र प्रकृया अगाडि बढाई बोर्डले तोकेको कार्य दिनभित्र अनुमति प्रदान गर्ने गरिएको छ ।

बोर्डमा सार्वजनिक निष्काशनको लागि आँखुखोला जलविद्युत कम्पनी र गरजंग उपत्यका जलविद्युत कम्पनीलगायत केही संस्थाहरुले निवेदन पेश गरी अनुमति पाउन ढिला भएको भन्ने सन्दर्भ जोडेर आर्यपीओ निष्काशनमा बोर्डले ढिला गरी अनुमति दिएको भन्ने आरोपपूर्ण समाचारको खण्डन गरेको छ ।

आँखुखोला जलविद्युत कम्पनीको रेटिङ्ग सवैभन्दा न्यून रहेको तथा नेटवर्थ अकिंत मूल्यभन्दा कम रहेकोमा लगानीकर्ताहरुको हकहितलाई ध्यानमा राख्दै यस्ता संगठित संस्थाहरुलाई सार्वजनिक निष्काशन अनुमति प्रदान गर्न केही नीतिगत व्यवस्था आवश्यक देखिएकोले सोही बमोजिम मिति २०७४ जेठ १२ गते देखि लागू भएको धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा धितोपत्र सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाले सवै भन्दान्यून रेटिङ्ग प्राप्त गरेमा सो संस्थाले निष्काशन गर्ने सम्पूर्ण धितोपत्रको प्रत्याभूत गराउनुपर्ने तथा प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाको पछिल्लो लेखापरिक्षण भएको वित्तीय विवरण बमोजिमप्रति शेयर खुद सम्पत्तिप्रति शेयर अंकित मूल्यभन्दा कमभएमा आफूले सार्वजनिक निष्काशन गर्ने सम्पूर्ण शेयरको प्रत्याभूत गराउनुपर्ने व्यवस्था गरी यस्ता संस्थाहरुको धितोपत्रको प्रारम्भिक निष्काशन अनुमति कार्यलाई केही सहजिकरण गर्ने व्यवस्था गरेको बोर्डले जनाएको छ ।

त्यसैगरी गरजंग उपत्यका जलविद्युत कम्पनीले हाल सम्म रेटिङ्ग गराइनसकेकोले अनुमति दिने प्रक्रिया अगाडि बढन नसकेको अवस्था रहेको छ । अतःबोर्डमा आईपीओ निष्काशनको लागि निवेदन पेश गरेका तर न्यून रेटिङ्ग प्राप्त गरेका संस्थाहरुलाई उपर्युक्तानुसारको व्यवस्था गर्न निर्देशन समेत दिइसकिएको छ भने विवरण तथा कागजात अपुग भएका संगठित संस्थाहरुलाई आवश्यक प्रक्रिया पुर्याउन समेत निर्देशन दिइएको छ । उक्त व्यवस्थाहरु पूरा गरी आएमा निवेदक कम्पनीलाई अनुमति प्रदान गर्ने कार्य यथाशीर्घ अगाडि बढाईने बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए ।

 

Share News